Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

भोलीबाट संसदको अवरोध हट्छः प्रधानमन्त्री प्रचण्ड

भोलीबाट संसदको अवरोध हट्छः प्रधानमन्त्री प्रचण्ड

  • शनिवार, भाद्र २ २०८०

  • 467
    SHARES

  • भोलीबाट संसदको अवरोध हट्छः प्रधानमन्त्री प्रचण्ड

    काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भोली(आइतबार)बाट संसदको अवरोध हट्ने बताउनुभएको छ। आज स्व. रामवृक्ष यादवको स्मृति दिवसको अवसरमा पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडामा श्रद्धाञ्जली अर्पण गर्न पुग्नुभएका प्रधानमन्त्री प्रचण्डले यस्तो बताउनु भएको हो।

    उहाँले संसद गतिरोध अन्त्यका लागि आफूले निरन्तर प्रयास गरिरहेको उल्लेख गर्दै आज पनि संसद अवरोध अन्त्यका लागि पहल गर्ने प्रतिवद्धता जनाउनु भयो। उहाँले आज साँझ प्रमुख प्रतिपक्ष र सत्ता गठबन्धनसँग छलफल गरेर संसद गतिरोध खुलाउन प्रयास गर्ने र भोली संसद सुसञ्चालन हुनेमा आशावादी रहेको बताउनु भयो।

    प्रधानमन्त्री प्रचण्डले संसद अवरोध खुलाउनका लागि आफूले सभामुखसहित प्रमुख प्रतिपक्ष दलका नेता केपी शर्मा ओलीसँग छलफल अघि बढाइरहेको पनि जानकारी दिनुभयो ।


    शनिवार, भाद्र २ २०८००३:०८:२८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij