Nov 10 2026 | २०८३, कार्तिक २५ गते

२०८३, कार्तिक २५ गते
  • यो साता चर्चामा :
images

एमालेमा केन्द्रीय नेताहरूको जिम्मेवारी हेरफेर

एमालेमा केन्द्रीय नेताहरूको जिम्मेवारी हेरफेर

  • शनिवार, भाद्र २ २०८०

  • 426
    SHARES

  • एमालेमा केन्द्रीय नेताहरूको जिम्मेवारी हेरफेर

    काठमाडौं । नेकपा (एमाले)ले केन्द्रीय नेताहरूको जिम्मेवारी हेरफेर गरेको छ ।

    एमालेको पछिल्लो निर्णय अनुसार बाग्मती प्रदेशको इञ्चार्जमा गुरू बराल र सामाजिक सेवा विभागको प्रमुखमा झपटबहादुर बोहरालाई जिम्मेवारी दिइएको छ । काठमाडौं महानगरपालिकाका पूर्वमेयर विद्यासुन्दर शाक्यलाई काठमाडौंको तारकेश्वर नगरपालिका र टोखा नगरपालिकाको इञ्चार्ज तोकिएको छ ।

    केन्द्रीय सदस्यको जिम्मेवारीमा रहनुभएका केशव स्थापित र प्रमोदनारायण यादवलाई पदमुक्त गरिएको एमालेको अन्तर पार्टी निर्देशन (अपानि) मा उल्लेख छ । अपानिमार्फत् एमालेले जनसंगठनका कार्यक्रममा जीवित नेतामध्ये पार्टी अध्यक्ष केपी ओलीको मात्रै फोटो मञ्चमा राख्न भनेको छ ।

    सार्वजनिक कार्यक्रमहरूमा पार्टी र जनसंगठनका विभिन्न तहका नेता कार्यकर्ताको अनावश्यक फोटो प्रयोग भएकाले निरूत्साहित गर्न खोजिएको एमालेको भनाइ छ । यस्तै,एमालेले प्रदेशको अधिवेशन मिति सार्वजनिक गरेको छ । जसअनुसार भदौ १६ र १७ गते लुम्बिनी, असोज ५ र ६ गते मधेस, असोज १० र ११ गते बाग्मती, असोज १२ र १३ गते कोशी प्रदेशको अधिवेशन हुनेछ ।

    यस्तै, असोज १५ र १६ गते गण्डकी, असोज १९ र २० गते उपत्यका विशेष प्रदेश र २१ र २२ गते सुदूरपश्चिम प्रदेशको अधिवेशन आयोजना हुने एमालेले जनाएको छ । एमालेले प्रदेश अधिवेशनका लागि ४० वर्षमुनिका युवा सहभागिता सुनिश्चित हुनेगरी प्रतिनिधि चयनको विधि तय गर्ने जनाएको छ ।


    शनिवार, भाद्र २ २०८००९:२३:०७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij