Nov 10 2026 | २०८३, कार्तिक २५ गते

२०८३, कार्तिक २५ गते
  • यो साता चर्चामा :
images

ललिता निवास प्रकरणमा गैर कानुनी कार्य नगरेको र पुष्टि पनि गर्न नसक्ने भट्टराईको भनाइ

ललिता निवास प्रकरणमा गैर कानुनी कार्य नगरेको र पुष्टि पनि गर्न नसक्ने भट्टराईको भनाइ

  • शनिवार, भाद्र २ २०८०

  • 344
    SHARES

  • ललिता निवास प्रकरणमा गैर कानुनी कार्य नगरेको र पुष्टि पनि गर्न नसक्ने भट्टराईको भनाइ

    काठमाडौँ । नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा।बाबुराम भट्टराईले ललिता निवास प्रकरणमा आफूले गैर कानुनी कार्य नगरेको र पुष्टि पनि गर्न नसक्ने बताउनुभएको छ । सामाजिक सञ्जाल ट्वीटरमार्फत भट्टराईले हाल सीआईबीले गरिरहेको छानबिनको क्रममा कसैले आफूसँग कुनै सोधपुछ नगरेको र आफूले कसैसँग “उन्मुक्ति” को याचना नगरेको स्पष्ट पार्नुभयो ।

    ‘मेरो लामो सार्वजनिक जीवनमा आजसम्म कुनै नैतिक दाग लागेको छैन र कसैले भ्रष्टाचारजन्य आरोप लगाउन सकेको छैन’, उहाँले भन्नुभयएको छ, ‘ललिता निवास प्रकरणमा पनि मेरो कुनै निजी वा पारिवारिक स्वार्थ जोडिएको र गैर कानुनी कार्य भएको कहींकतै कसैले आरोप लगाउन र पुष्टि गर्न सक्दैन।’

    भट्टराईले केही समय यता यो प्रकरणमा आफूलाई जवर्जस्ती मुछ्ने, अपराधी झैं दुष्प्रचार गर्ने, सम्बन्धित निकायले कुनै सोधपुछ तथा छानबिन नगर्ने र उल्टै “उन्मुक्ति दिने” नाटकीय प्रचारबाजी भइरहेको भन्दै त्यसप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउनुभएको छ ।

     


    शनिवार, भाद्र २ २०८००८:४२:०६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij