Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

चीन भ्रमणका क्रममा ऊर्जा क्षेत्रमा दूरगामी सहमति जुट्नेछ : प्रधानमन्त्री

चीन भ्रमणका क्रममा ऊर्जा क्षेत्रमा दूरगामी सहमति जुट्नेछ : प्रधानमन्त्री

  • शुक्रवार, भाद्र १ २०८०

  • 466
    SHARES

  • चीन भ्रमणका क्रममा ऊर्जा क्षेत्रमा दूरगामी सहमति जुट्नेछ : प्रधानमन्त्री

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो चीन भ्रमणका क्रममा ऊर्जा क्षेत्रमा दूरगामी सहमति जुट्ने विश्वास व्यक्त गर्नुभएको छ ।

    नेपाल विद्युत् प्राधिकरणको ३८औं वार्षिक उत्सव कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले हालै भएको भारत भ्रमणका क्रममा १० हजार मेगावाटसम्म विद्युत् निर्यात गर्ने प्रारम्भिक सहमति भएको स्मरण गर्नुभयो । त्यो समझदारीलाई मूर्तरुप दिन नेपाल र भारतका अधिकारीहरु निरन्तर संवादमा रहेको उहाँले बताउनुभयो । बंगलादेशमा विद्युत् निर्यातका लागि सम्झौतामा हस्ताक्षरको अन्तिम तयारी भइरहेको समेत उहाँले जानकारी दिनुभयो ।

    हालै इटलीमा भएको भेटमा पनि बंगलादेशमा प्रधानमन्त्रीसँग पनि विद्युत् व्यापार बढाउने कुराकानी भएको भन्दै उहाँले अघि भन्नुभयो, ‘मेरो आगामी महिना हुने चीन भ्रमणमा ऊर्जा क्षेत्रका सम्बन्धमा दूरगामी र महत्वपूर्ण सहमति हुने विश्वास दिएको छुँ।’


    शुक्रवार, भाद्र १ २०८००१:५६:५३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij