Nov 10 2026 | २०८३, कार्तिक २५ गते

२०८३, कार्तिक २५ गते
  • यो साता चर्चामा :
images

प्रतिनिधिसभाको गतिरोध हटाउने विषयमा सभामुख र प्रधानमन्त्रीबीच छलफल

प्रतिनिधिसभाको गतिरोध हटाउने विषयमा सभामुख र प्रधानमन्त्रीबीच छलफल

  • शुक्रवार, भाद्र १ २०८०

  • 296
    SHARES

  • प्रतिनिधिसभाको गतिरोध हटाउने विषयमा सभामुख र प्रधानमन्त्रीबीच छलफल

    काठमाडौं । प्रतिनिधिसभाको गतिरोध हटाउने विषयमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच छलफल भएको छ । आज बिहान बालुवाटारमा सभामुख र प्रधानमन्त्रीबीच छलफल भएको हो ।

    छलफलमा सभामुख घिमिरेले बैठक अवरुद्ध हुनु राम्रो नभएको गुनासो गर्नुभएको छ । प्राकृतिक विपत्तिलगायत धेरै विषयमा सांसदले बोल्न खोजेको तर बैठक सञ्चालनमा व्यवधान हुँदा सम्भव नभएको सभामुख घिमिरेले बताउनुभएको छ । बैठक सञ्चालनका लागि सत्तापक्ष र प्रतिपक्ष गम्भीर हुनुपर्नेमा समेत उहाँले जोड दिनुभयो ।

    संसदीय समितिको सभापति चयन नभएको विषयमा पनि उहाँले प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनुभएको सभामुखको सचिवाालयले जनाएको छ ।
    यस्तै, जवाफमा प्रधानमन्त्री प्रचण्डले संसद् बैठक सञ्चालनका लागि आफूले भूमिका खेल्ने बताउनुभएको छ ।

    सम्वद्ध सबै लागेर छिट्टै सहमति सदन खुलाउनुपर्ने बताउँदै प्रधानमन्त्री प्रचण्डले प्रमुख विपक्षी दलका नेतासँग पनि थप पहल गर्ने विश्वास दिलाउनुभयो ।


    शुक्रवार, भाद्र १ २०८०११:०७:३८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij