Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

सत्तापक्ष र प्रमुख प्रतिपक्ष मिलेर संसद्लाई बन्धक बनाए, कांग्रेस कम्युनिष्टको पुच्छर बन्यो: सांसद सिंह

सत्तापक्ष र प्रमुख प्रतिपक्ष मिलेर संसद्लाई बन्धक बनाए, कांग्रेस कम्युनिष्टको पुच्छर बन्यो: सांसद सिंह

  • बिहिवार, श्रावण ३२ २०८०

  • 363
    SHARES

  • सत्तापक्ष र प्रमुख प्रतिपक्ष मिलेर संसद्लाई बन्धक बनाए, कांग्रेस कम्युनिष्टको पुच्छर बन्यो: सांसद सिंह
    काठमाडौं । प्रतिनिधि सभा सांसद अमरेशकुमार सिंहले सरकार जनताप्रति उत्तरदायी नबन्नका लागि समिति नेतृत्व चयन नगरेको आरोप लगाउनुभएको छ । बिहीबार(आज) सिंहदरबारमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
     
    उहाँले सरकारले समिति सभापति चयन गर्न नै नचाहेको आरोप लगाउनुभयो । सांसद सिंहले ८ महिना भइसक्दासमेत समितिले नेतृत्व पाउन नसक्नुले सरकार जनताप्रति उत्तरदायी नभएको पुष्टि हुने बताउनुभयो । 
     
    उहाँले सत्ता पक्ष र विपक्षको लडाइँका कारण लोकतन्त्र रहन्छ कि रहँदैन भन्ने शंका उब्जिएको पनि बताउनुभयो । सांसद सिंहले अहिले सत्तापक्ष र प्रमुख प्रतिपक्ष मिलेर संसद्लाई बन्धक बनाएको आरोप लगाउनुभयो ।
     
    अहिले सरकारमा पनि कम्युनिष्ट पार्टी र प्रमुख प्रतिपक्षमा पनि कम्युनिष्ट पार्टी भएको भन्दै कम्युनिष्टहरूले संसदीय व्यवस्थामा विश्वास नगर्ने दाबी गर्नुभयो । कांग्रेस अहिले कम्युनिष्टहरूको पुच्छर भएको उहाँले टिप्पणी गर्नुभयो । 
     
    यस्तै नेकपा (माओवादी केन्द्र) सुरुदेखि नै संसद् विरोधी पार्टी भएको र स्वार्थका लागि सत्ताको प्रयोग गरिरहेको पुष्टि भइरहेको उहाँको दाबी छ । उहाँले भन्नुभयो, ‘अहिले संसद् चल्न नसक्नु भनेको दुवै पक्ष मिलेका छन्, तँ कुटेजस्तै गर् म रोएजस्तै गर्छु झैँ गरेर सत्ता पक्ष र प्रतिपक्षले संसद्लाई बन्धक बनाएका छन् । किनभने उहाँहरूलाई संसदीय व्यवस्थामा विश्वास नै छैन । अहिले सत्ता पक्ष पनि कम्युनिष्ट हो, प्रमुख प्रतिपक्ष पनि कम्युनिष्ट हो, कांग्रेस त पुच्छर हो त्यहाँ । माओवादी सुरुदेखि संसद् विरोधी पार्टी हो ।’
     


    बिहिवार, श्रावण ३२ २०८००५:२५:४१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij