काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आलोचकहरुलाई आगामी निर्वाचनबाट जवाफ दिने बताउनुभएको छ। इलाममा आयोजित एक कार्यक्रम सम्बोधन गर्दै उहाँले क्विन्टल सुन एयरपोर्टबाट बाहिरिँदासमेत सरकारले केही गर्न नसकेको बताउनुभयो।
उहाँले अहिले आएका ललिता निवास, नक्कली शरणार्थी प्रकरण र सुन प्रकरणको सत्यतथ्य छानबिन गरे औंलामा गन्ने नेतामात्रै बाँकी रहने बताउनुभयो।उहाँले इमान्दारपूर्वक छानबिन गर्न सरकारलाई आग्रह गर्नुभएको छ ।
उहाँले आगामी निर्वाचनसम्म पार्टी संगठनलाई बलियो बनाएर पहिलो पार्टी बनेर देशको फोहोर सफा गर्ने बताउनुभयो। जनताको मुद्दा बोल्न नसक्नेले राजनीतिबाट लिन उहाँले सुझाव दिनु भयो ।