Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

माओवादी संसद विरोधी पार्टी हो : अमरेशकुमार सिंह

माओवादी संसद विरोधी पार्टी हो : अमरेशकुमार सिंह

  • बिहिवार, श्रावण ३२ २०८०

  • 645
    SHARES

  • माओवादी संसद विरोधी पार्टी हो : अमरेशकुमार सिंह

    काठमाडौं। प्रतिनिधि सभाका स्वतन्त्र सांसद अमरेशकुमार सिंहले सरकारले जनताप्रति उत्तरदायी नबनेका कारण समिति नेतृत्व चयन नगरेको आरोप लगाउनु भएको छ। आज सिंहदरबारमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै सांसद सिंहले सरकारले समिति सभापति चयन गर्न नै नचाहेको आरोप लगाउनु भयो।

    उहाँले ८ महिना भइसक्दा समेत समितिले नेतृत्व पाउन नसक्नुले सरकार जनताप्रति उत्तरदायी नभएको पुष्टि हुने बताउनुभयो।अहिले सत्तापक्ष र प्रमुख प्रतिपक्ष मिलेर संसदलाई बन्धक बनाएको आरोप लगाउँदै सांसद सिंहले सत्ता पक्ष र विपक्षको लडाईंका कारण लोकतन्त्र रहन्छ की रहँदैन भन्ने शंका उब्जिएको बताउनुभयो ।

    अहिले सरकारमा पनि कम्युनिष्ट पार्टी र प्रमुख प्रतिपक्षमा पनि कम्युनिष्ट पार्टी भएको भन्दै कम्युनिष्टहरुले संसदीय व्यवस्थामा विश्वास नगर्ने बताउनुभयो।

    सांसद सिंहले नेकपा (माओवादी केन्द्र)शुरुदेखि नै संसद बिरोधी पार्टी भएको र स्वार्थका लागि सत्ताको प्रयोग गरिरहेको पुष्टि भइरहेको बताउँदै कांग्रेस पनि अहिले कम्युनिष्टहरुको पुच्छर भएको टिप्पणी गर्नुभयो। उहाँले कम्युनिष्टहरुलाई संसदीय व्यवस्थामा विश्वास नै नरहेको जिकिर गर्नुभयो ।

     


    बिहिवार, श्रावण ३२ २०८००४:०६:४९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij