Nov 10 2026 | २०८३, कार्तिक २५ गते

२०८३, कार्तिक २५ गते
  • यो साता चर्चामा :
images

नेता भण्डारीले राज्यको रकम नलिएपनि सुवेच्छुकहरुको सहयोग, आफ्नै खर्चमा क्यानडाबाट आए चिकित्सक

नेता भण्डारीले राज्यको रकम नलिएपनि सुवेच्छुकहरुको सहयोग, आफ्नै खर्चमा क्यानडाबाट आए चिकित्सक

  • बिहिवार, श्रावण ३२ २०८०

  • 1.8K
    SHARES

  • नेता भण्डारीले राज्यको रकम नलिएपनि सुवेच्छुकहरुको सहयोग, आफ्नै खर्चमा क्यानडाबाट आए चिकित्सक

    काठमाडौँ  । नेपाली कांग्रेसका लोकप्रिय नेता तथा सांसद डा. चन्द्र भण्डारीले राज्यको रकमप्रति उदारता देखाएपछि सहयोगीहरु झन बढेका छन् । करिब छ महिना अगाडि आगलागीमा परी घाइते हुनुभएका भण्डारीले आफ्नो आर्थिक अवस्था कमजोर भएपनि राज्यले दिन लागेको रकम अस्विकार गरेपछि उहाँलाई सहयोग गर्नेहरु झन बढेका हुन् ।

    सरकारले उहाँको उपचारका लागि लाग्ने सम्पुर्ण खर्च वेहोर्ने निर्णय गरेपनि मध्यम आर्थिक अवस्थाका नेता भण्डारीले उपचार खर्च नलिने घोषणा गर्नु भएको थियो ।

    उहाँलाई विरामी भएपछि देश तथा विदेशमा रहेका हजारौँ सुवेच्छुकहरुले सहयोग गर्न रुची देखाएका थिए । त्यसैगरी उपचार गर्ने ठाउँमा पनि उहाँलाई उदारतापुर्वक नै सहुलियत दिने गरेका छन् । यति सम्मकी उहाँको त्याग र उदारताकै कारण क्यानडाका एक अमेरिकीमुलका चिकित्सकले उहाँलाई नेपालमै आएर निःशुल्क सेवा दिएका छन् ।

    कीर्तिपुरस्थित बर्न सेन्टरका प्रमुख प्रा डा शङ्कर राईका साथी समेत रहेका क्यानडाका चिकित्सक डा. तिमोथी स्प्रौल आफ्नै खर्चमा नेपाल आएर डा. भण्डारीको उपचारमा सक्रिय भएका हुन् । उनी सहितको चिकित्सकहरुको टोलीले बुधबार डा भण्डारीको जटिल शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरेको उहाँका स्वकिय सचिव वोधराज कँडेलले जानकारी दिनुभयो ।

    डा स्प्रौललाई परराष्ट्रमन्त्री एनपी साउद र स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले नेता भण्डारीको उपचारका लागि नेपाल आएकोमा स्वागत गर्दै धन्यवाद ज्ञापन गर्नुभएको छ ।

    डा. भण्डारीको शल्यक्रिया डा स्प्रौलसँगै प्रा डा बिडी झा, प्रा डा शङ्करमान राई, सहप्राध्यापक किरण किशोर, डा अनुप सुवेदी, डा प्रदीप राजभण्डारी, डा प्रविन गिरी, डा निजिना ताम्राकार र मोहनकृष्ण डङ्गोलसहितको टोलीले गरेको हो ।

    गत फागुन ३ गते राति आगलागीमा पर्नुभएका सांसद डा भण्डारीको सुरुमा कीर्तिपुर बर्न सेन्टरमै उपचार गरी थप उपचार भारतको मुम्बइमा रहेको नेसनल बर्न सेन्टरमा गराइएको थियो । भारतमा ७३ दिन उपचार गराएर फर्किएपछि उहाँको गत वैशाख १९ गतेदेखि काठमाडौँको पुरानो बानेश्वरमा रहेको फ्रन्टलाइन अस्पतालमा उपचार भइरहेको थियो ।

    अस्पतालमा उहाँलाई फिजियो थेरामी, ड्रेसिङलगायतका सेवा दिँदा लाग्ने शुल्क समेत अस्पतालले नलिने घोषणा गरेको थियो । उहाँका लागि एक पछि अर्को सहयोग जुट्नुले राज्यले दिएको रकम नलिएर पनि नेताहरुले ठूला रोगको उपचार गराउन सक्छन भन्ने पुष्टि गरेको छ ।

    गुल्मीको क्षेत्र नं. २ बाट निर्वाचित सांसद भण्डारीले लामो समयदेखि गुल्मीको माझी बस्ती र दर्जनौ विद्यालयहरुमा विभिन्न सहयोग गर्दै आउनु भएको छ भने सयौँ विद्यार्थीहरुलाई पठन पाठनको व्यवस्था मिलाईदिनु भएको छ ।


    बिहिवार, श्रावण ३२ २०८००९:५२:३८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij