Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

राष्ट्रपति भेट्न ओली पुगे शितल निवासमा,सदनको अवरोध हटाउन राष्ट्रपतिले दिए यस्तो सुझाव...

राष्ट्रपति भेट्न ओली पुगे शितल निवासमा,सदनको अवरोध हटाउन राष्ट्रपतिले दिए यस्तो सुझाव...

  • बुधवार, श्रावण ३१ २०८०

  • 709
    SHARES

  • राष्ट्रपति भेट्न ओली पुगे शितल निवासमा,सदनको अवरोध हटाउन राष्ट्रपतिले दिए यस्तो सुझाव...

    काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेल र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ। राष्ट्रपति पौडेललाई भेट्न एमाले अध्यक्ष ओली राष्ट्रपति निवास पुग्नुभएको थियो । भेटमा संसदको अवरोध हटाउने विषयमा चासो राखेको राष्ट्रपतिको प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभएको छ ।

    लामो समयसम्म संसद नचल्दा जनतामा नैराश्यता बढ्नुका साथै नकारात्मक प्रभाव पर्ने भन्दै राष्ट्रपतिले ओलीलाई ध्यानाकर्षण जनाउनु भयो। दलहरुबीच आपसी सहमति गरेर अघि बढ्न राष्ट्रपतिको सुझाव छ ।

    यसअघि राष्ट्रपति पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे र राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिनालाई पनि बोलाएर सदनको अवरोध हटाउनेबारे चासो राख्नुभएको थियो ।

    प्रमुख प्रतिपक्षी दल एमालेले सुन प्रकरणलाई लिएर उच्चस्तरीय छानबिन समितिको माग राख्दै संसद अवरोध गर्दै आइरहेको छ । तर, सरकार समिति गठनको पक्षमा छैन । त्यसो त आजै बिहान बसेको सत्ता गठबन्धनको बैठकले सदनको अवरोध हटाउन एमालेसहित विपक्षी दलहरुसँग छलफल गर्ने निर्णय गरेको थियो ।



    बुधवार, श्रावण ३१ २०८००३:३०:२७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij