Nov 10 2026 | २०८३, कार्तिक २५ गते

२०८३, कार्तिक २५ गते
  • यो साता चर्चामा :
images

काँग्रेस नेता भण्डारीको आज फेरि शल्यक्रिया हुँदै

काँग्रेस नेता भण्डारीको आज फेरि शल्यक्रिया हुँदै

  • बुधवार, श्रावण ३१ २०८०

  • 559
    SHARES

  • काँग्रेस नेता भण्डारीको आज फेरि शल्यक्रिया हुँदै

    काठमाडौँ । नेपाली काँग्रेसका लोकप्रिय नेता तथा सांसद डा। चन्द्र भण्डारीको आज फेरि शल्यक्रिया गरिने भएको छ । झण्डै ६ महिना अगाडि आगलागीमा परी घाइते हुनुभएका भण्डारीको आज कृतिपुरस्थीत बर्न सेन्टरमा शल्यक्रिया हुन लागेको अस्पतालका प्रमुख प्रा. डा. शंकर राईले जानकारी दिनुभयो ।

    डा भण्डारीको हात र पछाडीको भागको शल्यक्रिया गर्न लागिएको हो । पुर्वनिधारित उपचार प्रक्रिया अनुसार नै उहाँको शल्यक्रिया गर्न लागिएको अस्पतालले जनाएको छ ।

    उहाँको शल्यक्रियाका लागि क्यानडाबाट अमेरिकीमुलका चिकित्सक डा. तिमोथी स्प्रौल समेत आउनु भएको डा. राईले बताउनु भयो । नेता भण्डारीले आफ्नो उपचारका लागि राज्यले दिएको रकम पनि फिर्ता गर्ने घोषणा गरेकोले क्यानडाका चिकित्सक आफ्नै खर्चमा भण्डारीको शल्यक्रिया गर्न आउनु भएको डा राईले जानकारी दिनुभयो ।

    क्यानडाबाट आउनु भएका डा. स्प्रौललाई परराष्ट्र मन्त्री एनपी साउद र स्वास्थ्य मन्त्री मोहन बहादुर बस्नेतले स्वागत गर्दै धन्यवाद ज्ञापन गर्नु भएको डा भण्डारीका स्वकीय सचिव वोधराज कँडेलले जानकारी दिनुभयो।
     
    डा. भण्डारीको शल्यक्रिया डा. स्प्रौलसँगै प्रा. डा बिडी झा, प्रा. डा. शंकरमान राई, सह प्राध्यापक किरण किशोर, डा अनुप सुवेदी, डा प्रदीप राजभण्डारी, डा प्रविन गिरी, डा निजिना ताम्राकार र मोहनकृष्ण डंगोलसहितको टोलीले गर्नेछ । शल्यक्रिया विहान ११ बजेदेखि सुरु हुने बताइएको छ ।

    गत फागुन ३ गते राती आगलागीमा पर्नु भएका भण्डारीको सुरुमा कृतिपुर वर्न सेनटरमै उपचार गरी थप उपचार भारतको मुम्बईमा रहेको नेश्नल बर्न सेन्टरमा गराइएको थियो । भारतमा ७३ दिन उपचार गराएर फर्किएपछि उहाँको गत बैशाख १९ गतेदेखि काठमाडौको पुरानो वानेश्वरमा रहेको फ्रन्टलाईन अस्पतालमा उपचार भइरहेको थियो ।

    कृतिपुर वर्न अस्पतालका प्रमुख डा। शंकर राईसँग परामर्श र निगरानीमा नै उहाँलाई फ्रन्टलाईनमा उपचार गराइएको थियो । अस्पतालमा उहाँलाई फिजियो थेरामी, ड्रेसिङ लगायतका उपचार गराइएको थियो ।

    उहाँको उपचारका लागि अस्पतालले पनि शुल्क नलिने घोषणा गरेको थियो । राज्यले दिएको रकम फिर्ता दिएकाले उहाँलाई सहयोग गर्न चाहनेहरु झन बढेको उहाँका निकटस्थहरुले बताएका छन् ।


    बुधवार, श्रावण ३१ २०८०११:४९:०५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij