काठमाडौं । नेपाली कांग्रेसका नेता तथा सांसद चन्द्र भण्डारी अस्पताल भर्ना हुनुभएको छ । आफ्नै घरमा ग्यास लिक हुँदा भएको आगलागीमा परेका भण्डारी नियमित उपचारका क्रममा कीर्तिपुर बर्न अस्पतालमा भर्ना हुनुभएको हो ।
भण्डारीको स्वस्थ्य अवस्था सामान्य रहेको र नियमित उपचारका क्रममा भर्ना गरिएको उहाँका स्वकीय सचिव बोधराज कडेलले बताउनुभयो ।
गत फागुन ३ गते बुद्धनगरस्थित घरमा आगलागी हुँदा आमा हरिकलासँगै भण्डारी गम्भीर घाइते हुनुभएको थियो । ४ फागुनमा उपचारको क्रममा आमाको निधन भएपछि उहाँलाई थप उपचारको लागि भारतको मुम्बईस्थित नेसनल बर्न सेन्टरमा उपचार भएको थियो ।
अस्पताल भर्नाअघि भण्डारीले सामाजिक सञ्जालमार्फत आफू उपचारका लागि अस्पताल पुगेको जानकारी दिनुभएको छ ।