काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गिरीबन्धु टी स्टेट्सको जग्गा प्रकरणमा पनि अब छिट्टै अनुसन्धान सुरु गर्ने बताउनु भएको छ । आज काठमाडौंमा पत्रकारहरुसँग गरेको एक छलफल कार्यक्रममा उहाँले ललिता निवास प्रकरण र भुटानी शरणार्थी प्रकरणमा जस्तै गरेर गिरीबन्धु टी इस्टेट्सको जग्गा प्रकरणमा पनि विस्तारै छानबिन हुने बताउनु भएको हो ।
नेकपा एमालेका अध्यक्ष केपी ओली नेतृत्वको सरकारले झापा विर्तामोडस्थित गिरीबन्धु टी स्टेटसको नाममा रहेको ३४२ विघा १९ कट्ठा, १२ घुर जग्गा सट्टा भर्ना गर्न दिने गरी भूमिसम्बन्धी ऐनको आठौं संशोधन गरेको थियो। टी स्टेट्सको जग्गा बहुमुल्य जग्गा बेच्नका लागि कानुन संशोधन गरेको आरोप लाग्दै आएको छ।
सुशासन, सामाजिक न्याय र समृद्धिलाई प्राथमिक काम बनाएको उहाँले जिकिर थियो। भ्रष्टाचार र सुशासनलाई प्राथमिकता दिने क्रममा नक्कली शरणार्थी र ललिता निवास प्रकरण बाटोमा भेटिएका र त्यसमा सरकारले काम गरिरहेको उहाँको दाबि थियो ।