काठमाडौं। नक्कली शैक्षिक प्रमाणपत्रको आधारमा सिटिजन्स बैंकका १० जना कर्मचारी फरार भएका छन्।काठमाडौं प्रहरी परिसरको टोलीले हिजो साँझ ६ जना पक्राउ गरेको थियो,त्यसलगत्तै आज उनिहरु फरार भएका हुन्।
प्रहरीकाअनुसार उनीहरूले भारतका विभिन्न विश्वविद्यालयको शैक्षिक प्रमाणपत्र लिएको र उक्त शैक्षिक प्रमाणपत्र त्रिभुवन विश्वविद्यालयबाट समकक्षताको प्रमाणपत्र लिँदा किर्ते गरेको खुलेको थियो। त्यो बाहेक शैक्षिक प्रमाणपत्रसमेत नक्कली भएको आशंका प्रहरीले गरेको छ।
काठमाडौं प्रहरी परिसरका प्रवक्ता प्रहरी उपरीक्षक(एसपी)कुमोध ढुंगेलका अनुसार हिजो पक्राउ पर्नेहरूमा मनिशा मास्के, गोमा ज्ञवाली,कल्पना खत्री,प्रतिक्षा रेग्मी, खिमानन्द गौतम र दीपक विष्ट छन्।
उनीहरू पक्राउ परेसँगै थप १० जना कर्मचारी फरार रहेको उहाँले जानकारी दिनुभयो। फरार हुनेहरुमा दिपककुमार झा, सुशान्त शर्मा, सुनिता भुसाल, चेतबहादुर थापासहित १० जना छन्।