Nov 10 2026 | २०८३, कार्तिक २५ गते

२०८३, कार्तिक २५ गते
  • यो साता चर्चामा :
images

पार्टीको जिम्मेवारीबाट केशव स्थापित बिदा

पार्टीको जिम्मेवारीबाट केशव स्थापित बिदा

  • मंगलवार, श्रावण ३० २०८०

  • 3.1K
    SHARES

  • पार्टीको जिम्मेवारीबाट केशव स्थापित बिदा

    काठमाडौं । नेकपा (एमाले)का केन्द्रीय सदस्य केशव स्थापितले पार्टीको जिम्मेवारीबाट बिदा लिनुभएको छ ।

    सचिवालय बैठकले उहाँलाई केन्द्रीय सदस्यबाट बिदा दिने निर्णय गरेको हो । स्थापित २०७९ वैशाखको स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयरको उम्मेदवार हुनुहुन्थ्यो ।

    स्थापितसँगै अन्य दुई केन्द्रीय सदस्यलाई सचिवालय बैठकले बिदा गर्ने निर्णय गरेको बताइएको हो ।उहाँहरूले पार्टी कार्यकारी भूमिकाबाट बिदा लिन चाहेकाले राजीनामा स्वीकृत गरिएको बताइएको छ ।

    सोमबार बसेको एमाले सचिवालयको बैठकले संगठन विभागको सचिवमा अनेरास्ववियुका पूर्वअध्यक्ष माधव ढुंगेललाई मनोनीत गरेको छ भने अर्थ तथा योजना विभागको सचिवमा क्रान्ति बुर्लाकोटी मनोनीत हुनुभएको छ ।

     


    मंगलवार, श्रावण ३० २०८०१०:४३:२३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij