Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

नक्कली शरणार्थी प्रकरण : थप १८ जना ठगिए

नक्कली शरणार्थी प्रकरण : थप १८ जना ठगिए

  • सोमवार, श्रावण २९ २०८०

  • 550
    SHARES

  • नक्कली शरणार्थी प्रकरण : थप १८ जना ठगिए

    काठमाडौं। नक्कली भुटानी शरणार्थी प्रकरणमा थप १८ जना ठगिएको पाइएको छ। नक्कली शरणार्थी बनाइ अमेरिका लैजाने भन्दै ठगी गर्ने गिरोहविरुद्ध काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा उजुरी परेको छ ।

    काठमाडौंमा सानु भण्डारी, केशव दुलालसमेतको संयुक्त मिलेमतोमा विभिन्न नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाई अमेरिका लैजान्छु भनी विभिन्न किसिमका प्रलोभन र विश्वासमा परेर लमजुङ, सुनसरी, सिन्धुपाल्चोक, गोरखा, ललितपुर, चितवन, काठमाडौं लगायतका जिल्लाका १८ जना पीडितबाट करोडौं रकम ठगी गरेको उजुरी परेको छ ।

    उनीहरुबाट करिब एक करोड ८५ लाख ९२ हजारभन्दा बढी ठगी गरेको भनी तीनवटा निवेदन परेको छ । जाहेरीसहित सबै कागजात कार्यालयले परिसर टेकु पठाएको छ ।


    सोमवार, श्रावण २९ २०८००५:२४:०७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij