Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

रवि लामिछाने भन्छन् : संसद हाइज्याक भयो

रवि लामिछाने भन्छन् : संसद हाइज्याक भयो

  • सोमवार, श्रावण २९ २०८०

  • 347
    SHARES

  • रवि लामिछाने भन्छन् : संसद हाइज्याक भयो

    काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले संसद हाइज्याक भएको टिप्पणी गर्नुभएको छ। आज बसेको प्रतिनिधि सभा बैठक पनि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अवरूद्ध गर्दा स्थगित भएपछि सभापति लामिछानेले ट्विटमार्फत संसद हाइज्याक (कब्जा) भएको बताउनु भएको हो ।

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयबाट छुटेको सुन बरामद भएको प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउन माग गर्दै एमालेले गत साउन १० गतेदेखि संसद लगातार अवरूद्ध गर्दै आएको छ ।

    समिति नबनाएसम्म संसद बैठक चल्न नदिने एमालेको अडान छ। त्यसरी पटकपटक संसद अवरूद्ध भइरहेको भन्दै रास्वपाले सभामुख देवराज घिमिरेलाई भेटेर ज्ञापन पत्र बुझाएको थियो। तर आजको बैठकमा पनि एमालेले संसद अवरूद्ध गरिरहँदा सभापति लामिछानेसहित सांसदहरूले बोल्न समय दिन सभामुख घिमिरेसँग आग्रह गरेका थिए।

    तर सभामुख घिमिरले समय नदिएरै अर्को बैठक भदौ ३ गते बस्ने गरी स्थगित गर्नुभयो । त्यसलगत्तै सभामुख घिमिरेले यस्तो ट्विट गर्नु भएको हो ।


    सोमवार, श्रावण २९ २०८००४:४९:३७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij