Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

राम्रो काम गर्दागर्दै सरकार अफ्ठ्यारोमा पर्यो, बलियो बनाउन मैले पद त्यागेँ :अमनलाल मोदी

राम्रो काम गर्दागर्दै सरकार अफ्ठ्यारोमा पर्यो, बलियो बनाउन मैले पद त्यागेँ :अमनलाल मोदी

  • सोमवार, श्रावण २९ २०८०

  • 269
    SHARES

  • राम्रो काम गर्दागर्दै सरकार अफ्ठ्यारोमा पर्यो, बलियो बनाउन मैले पद त्यागेँ :अमनलाल मोदी

    काठमाडौं। निवर्तमान सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले सरकारलाई बलियो बनाउन आफूले पद त्याग गरेको बताउनु भएको छ।

    आज सिंहदरबारस्थित सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा आफ्नो बिदाईका लागि आयोजित कार्यक्रममा बोल्दै उहाँले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार राम्रो काम गर्दा गर्दै अफ्ठ्यारोमा परेपछी बलियो बनाउन आफूले पद त्याग गरेर साथ दिएको बताउनु भएको हो ।

    उहाँले प्रधानमन्त्री प्रचण्डलाई देश र जनताको पक्षमा राम्रो काम गर्न पनि सुझाव दिनुभयो। किसान, उत्पीडित थारुको छोरा आफूलाई मन्त्री बन्ने अवसर दिएको भन्दै मोदीले प्रधानमन्त्री प्रतिप्रति आभार पनि व्यक्त गर्नुभयो ।

    निवर्तमानमन्त्री मोदीले आफूले सबै पक्षलाई साथमा लिएर सङघीय निजामती सेवा ऐनको मस्यौदा तयार पारेको, कर्मचारी व्यवस्थापनका लागि मापदण्ड तयार पारेको र सुशासनको क्षेत्रको उल्लेखनीय काम गरेको भन्दै नवनियुक्तमन्त्री अनिता देवी साहले त्यसलाई निरन्तरता दिने विश्वास समेत व्यक्त गर्नुभयो।

    मोदीले करिब ६ महिना २६ दिन मन्त्रीको रुपमा कार्यभार सम्हाल्नुभएको थियो। मोदीले आफ्नो कार्यकाल सुःखद् रहेको दाबी गर्दै खुशी समेत व्यक्त गर्नुभयो।

     


    सोमवार, श्रावण २९ २०८००४:०२:३५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij