Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

कारागारमा कैदी मृत्यु प्रकरण : ६ दिनपछि बल्ल आफन्तले शव बुझे

कारागारमा कैदी मृत्यु प्रकरण : ६ दिनपछि बल्ल आफन्तले शव बुझे

  • सोमवार, श्रावण २९ २०८०

  • 362
    SHARES

  • कारागारमा कैदी मृत्यु प्रकरण : ६ दिनपछि बल्ल आफन्तले शव बुझे

    काठमाडौं। संखुवासभामा कारागारभित्रै कुटपिटबाट मृत्यु भएका दुईजना कैदीको शव ६ दिन पछी बल्ल आफन्तले बुझेका छन्। मादी नगरपालिका –५ का विनोद तोलाङ्गी र नुवाकोटको ककनी गाउँपालिका–७ का आकाश बलामीको शव बल्ल आफन्तले बुझेका हुन् ।

    शनिबार किटानी जाहेरीपछि शवको पोस्टमार्टम भएको थियो। घटनामा संलग्लाई सार्वजनिक नगरेको भन्दै आफन्तले शव बुझ्न मानेका थिएनन्। जाहेरीका आधारमा हिजो प्रहरीले कारागारमा रहेका प्रहरी सहायक निरीक्षक लक्ष्मी चौधरी र कारागार प्रमुख राजेन्द्र घिमिरेका नाममा जिल्ला अदालतबाट पक्राउ अनुमति लिएको छ।

    कारागारका निमित्त प्रमुख घिमिरे र असई चौधरीको नाम सार्वजनिक गरेपछि र घटनामा संलग्न बसैलाई कारबाही गर्ने आस्वासन सुरक्षा निकायबाट पाएपछि ६ दिनपछि आफन्तले आज बल्ल शव बुझेका हुन्।


    सोमवार, श्रावण २९ २०८००३:४३:०१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij