Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

महराको कुरा छाड्नुस्, अनुसन्धानमा मेरो नाम आए मलाई पनि थुने हुन्छ : प्रधानमन्त्री प्रचण्ड

महराको कुरा छाड्नुस्, अनुसन्धानमा मेरो नाम आए मलाई पनि थुने हुन्छ : प्रधानमन्त्री प्रचण्ड

  • सोमवार, श्रावण २९ २०८०

  • 415
    SHARES

  • महराको कुरा छाड्नुस्, अनुसन्धानमा मेरो नाम आए मलाई पनि थुने हुन्छ : प्रधानमन्त्री प्रचण्ड

    काठमाडौं ।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अनुसन्धानको क्रममा नाम जोडिएर आए आँफु पनि हतकडी लगाउन तयार रहेको बताउनु भएको छ। आज पार्टीको बाग्मती प्रदेश कमिटी बैठकमा बोल्दै उहाँले यस्तो बताउनु भएको हो ।

    नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डले नाम जोडिए आफैंलाई हत्कडी लगाएर थुन्न समेत अनुमति दिएको उहाँले जानकारी दिनुभयो ।

    बैठकमा प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘महराजीको र उहाँका परिवारका सदस्यहरूको बारेमा मिडियामा आइरहेकै छ, सरकारले कारबाही गर्न भनेको छ, खोज्दै जाँदा मेरो नाम आएछ भने मलाई पनि हत्कडी लगाएर थुने हुन्छ भनेको छु ।’

    सुन प्रकरणमा पक्राउ परेका चिनियाँ व्यापारीसँग माओवादी नेता कृष्णबहादुर महरा र महराका छोराहरुको पटक पटक टेलिफोन सम्पर्क देखिएको सीआईबीले जनाएको थियो ।

    अध्यक्ष प्रचण्डले सम्बोधनको क्रममा आफ्नो पार्टी, आफ्नो परिवारको भनेर कसैलाई पनि भन्दै भ्रष्टाचार सम्बन्धी कामले सरकार अप्ठ्यारोमा नपरेको जिकिर गर्नुभयो ।


    सोमवार, श्रावण २९ २०८००२:१८:२२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij