Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

गण्डकी प्रदेशसभा बैठक स्थगित

गण्डकी प्रदेशसभा बैठक स्थगित

  • सोमवार, श्रावण २९ २०८०

  • 401
    SHARES

  • गण्डकी प्रदेशसभा बैठक स्थगित

    काठमाडौं । गण्डकी प्रदेशसभा बैठक स्थगित भएको छ । सोमबार(आज)दिउँसो १ बजेका लागि बोलाइएको बैठक मंगलबार बस्ने गरी स्थगित गरिएको हो ।

    गत बिहीबारका लागि बोलाइएको बैठक पनि ‘बिजनेस’ नभएपछि सूचना टाँसेर आजसम्मका लागि स्थगित गरिएको थियो । यसअघि बिहीबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले कार्यसूची नै तय गर्न नसकेपछि बैठक स्थगित भएको थियो ।

    विपक्षी दल नेकपा एमालेले सरकारले प्रदेशसभालाई बिजनेस दिन नसकेको जनाएको थियो । अब बस्ने बैठकमा विषयगत समिति गठनको विषयले प्रवेश पाउने प्रदेशसभा सचिवालयका कानुन अधिकृत कुमार रिजालले बताउनुभयो ।

    सरकारले वन विधेयक पनि प्रदेशसभा सचिवालयमा दर्ता गरिसकेकाले आगामी बैठकमा छलफलका लागि पेस हुने जनाइएको । एमालेले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन र गाईबस्तुमा देखिएको लम्पी स्किन रोगको नियन्त्रणसम्बन्धी जरुरी सार्वजनिक महत्वका दुईवटा प्रस्ताव पनि दर्ता गरेको छ ।

    प्रदेशसभाको दोस्रो कार्यकाल सुरु भएको सात महिना बितिसक्दा पनि ‘मिनी संसद्’ मानिने विषयगत समिति अझै गठन हुन सकेको छैन ।

    प्रदेशसभा नियमावलीको प्रावधानअनुसार प्रदेशसभामा अर्थ तथा विकास, सार्वजनिक लेखा, प्रदेश मामिला तथा कानुन र सामाजिक विकास तथा कृषि समिति गरी चार विषयगत समिति रहने प्रदेशसभा सचिवालयले जनाएको छ । प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरूले विषयगत समितिको नेतृत्वमा आआफ्नै दाबी अघि सारेका छन् । 


    सोमवार, श्रावण २९ २०८०१०:२४:०८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij