काठमाडौं । जनमत पार्टीबाट मन्त्री सिफारिस हुनुभएकी अनितादेवी साहको आज शपथ हुने भएको छ ।
माओवादीले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीलाई फिर्ता बोलाएसँगै जनमत पार्टीकी साह मन्त्री नियुक्त हुँदै हुनुहुन्छ । आइतबार(हिजो) बसेको माओवादीको पदाधिकारी बैठकले मोदीलाई फिर्ता बोलाउने निर्णय गरेको थियो ।
जनमतबाट नयाँ मन्त्री बन्ने भएपछि राष्ट्रपति कार्यालय शीतल निवासमा सोमबार(आज) बिहान १० बजेलाई शपथग्रहणको कार्यक्रम तय भएको छ । साहले सामान्य प्रशासन नै पाउने या अन्य भन्नेबारे निश्चित भइसकेको छैन ।
चार महिना अघि जनमतबाट अब्दुल खान खानेपानी मन्त्री बन्नुभएको थियो। तर मन्त्रिमण्डल पुनर्गठनमा उद्योग मन्त्रालय नपाएपछि खानले राजीनामा दिनुभएको थियो ।