काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक सोमबार(आज) पनि बस्दै छ । बैठक बिहान ११ बजे नयाँबानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा बस्नेछ ।
गत शुक्रबारदेखि जारी दलको बैठकमा राष्ट्रियसभा र प्रतिनिधिसभा सांसदहरूले बोल्ने क्रम जारी रहेको छ । सांसदहरूले बोल्ने क्रम नसकिएकाले आज पनि बैठक बस्न लागेको हो ।
बैठकमा समसामयिक राजनीति, सांसद सुनिल शर्मा प्रकाउ प्रकरणदेखि सुन प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउने कि नबनाउने भन्ने विषयमा छलफल भइरहेको छ ।
हिजोसम्म ५४ जना सांसदहरूले आआफ्नो धारणा राखिसकेका छन्, आज बाँकी सदस्यहरूले आआफ्नो धारणा राख्ने छन् । सबै सांसदले बोलिसकेपछि सभापति शेरबहादुर देउवाले जवाफ दिनुहुने छ ।