Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

कांग्रेस संसदीय दलको बैठक भोलि पनि बस्ने

कांग्रेस संसदीय दलको बैठक भोलि पनि बस्ने

  • आइतवार, श्रावण २८ २०८०

  • 555
    SHARES

  • कांग्रेस संसदीय दलको बैठक भोलि पनि बस्ने
    काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक सोमबार(भोलि) पनि बस्ने भएको छ । शुक्रबारदेखि जारी बैठकमा आजसम्म ५० जना सांसदहरूले धारणा राखेका छन् । प्रमुख सचेतक रमेश लेखकले सांसदहरूले बोल्नेक्रम चलिरहेको बताउनुभयो ।
     
    ‘सांसदहरूले धारणा राख्नेक्रम चलिरहेको छ । आजसम्म ५० जना साथीहरूले धारणा राख्नुभयो,’ उहाँले भन्नुभयो, ‘अब भोलि थप साथीहरूले धारणा राखेपछि महत्त्वपूर्ण प्रस्तावहरू पारित गर्दै हामी बैठकको समापन गर्नेछौं ।’
     
    उहाँका अनुसार भोलि बिहान ११ बजेबाट पुनः नयाँ बानेश्वरस्थित ल्होत्से हलमा बैठक बस्नेछ । उहाँले बैठकमा सांसदहरूले सार्वजनिक सरोकार, संसद् र सरकारसँग सम्बन्धित विभिन्न विषयहरूमा धारणा राखिरहेको बताउनुभयो ।


    आइतवार, श्रावण २८ २०८००६:३७:३८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij