Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

दीर्घकालीन योजना लिएर अघि बढ्न खाद्य व्यवस्था कम्पनीलाई उद्योगमन्त्रीको निर्देशन

दीर्घकालीन योजना लिएर अघि बढ्न खाद्य व्यवस्था कम्पनीलाई उद्योगमन्त्रीको निर्देशन

  • आइतवार, श्रावण २८ २०८०

  • 363
    SHARES

  • दीर्घकालीन योजना लिएर अघि बढ्न खाद्य व्यवस्था कम्पनीलाई उद्योगमन्त्रीको निर्देशन
    काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले दीर्घकालीन व्यावसायिक योजनाका साथ अघि बढ्न खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडलाई निर्देशन दिनुभएको छ ।
     
    कम्पनीको वार्षिकोत्सवका अवसरमा आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री रिजालले सेवाग्राहीलाई उच्चतम सन्तुष्टि दिनेतर्फ केन्द्रित हुनुपर्ने भएकाले दीर्घकालीन व्यावसायिक योजनाका साथ अघि बढ्न खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडलाई निर्देशन दिनुभएको हो।
     
    उहाँले कम्पनी खाद्यान्नलगायत अत्यावश्यकीय उपभोग्य वस्तुको सहज आपूर्तिका लागि बजार निर्माताको भूमिका निर्वाह गर्नसक्ने सक्षम व्यावसायिक संस्थाका रुपमा स्थापित हुनुपर्ने बताउनुभयो । मुलुकको खाद्य सुरक्षा र सम्प्रभुताका लागि यो कम्पनीको महत्त्वपूर्ण भूमिका रहने उहाँको भनाइ थियो ।
     
    त्यस्तै कम्पनीका अध्यक्ष एवम् उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधुकुमार मरासिनीले पूर्वाधार, जनशक्ति उपलब्ध हुँदा पनि अपेक्षित नतिजा देखिन नसकेको भन्दै गम्भीर हुन निर्देशन दिनुभयो । उहाँले यस वर्षका लागि आवश्यक धान चामललगायत खाद्यान्न खरिदको प्रबन्ध मिलाउन निर्देशन समेत दिनुभयो ।
     
    त्यस्तै, कम्पनीका प्रमुख कार्यकारी अधिकृत मोहनप्रकाश चन्दले देशका हरेक क्षेत्रका जनतामाझ आफ्नो वस्तु तथा सेवाको पहुँच पुर्‍याउन कम्पनी प्रयत्नशील रहेको धारणा राख्नुभयो ।


    आइतवार, श्रावण २८ २०८००५:५९:१२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij