Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

हरेक महिनाको प्रगति विवरणको ‘रिपोर्ट कार्ड’ पेश गर्न मातहतका निकायलाई मन्त्री शर्माको निर्देशन

हरेक महिनाको प्रगति विवरणको ‘रिपोर्ट कार्ड’ पेश गर्न मातहतका निकायलाई मन्त्री शर्माको निर्देशन

  • आइतवार, श्रावण २८ २०८०

  • 370
    SHARES

  • हरेक महिनाको प्रगति विवरणको ‘रिपोर्ट कार्ड’ पेश गर्न मातहतका निकायलाई मन्त्री शर्माको निर्देशन
    काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सुशासन कायम गर्न र सेवा प्रवाहलाई गुणस्तरीय बनाउन अब कुरा नभई काम गर्नुपर्ने बेला आएको बताउनुभएको छ । मन्त्रालय मातहतका सबै निकायलाई हरेक महिनाको प्रगति विवरणको ‘रिपोर्ट कार्ड’ बनाएर पेश गर्न पनि उनले निर्देशन दिनुभयो । 
     
    सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित आर्थिक वर्ष २०७९/०८० को वार्षिक समीक्षा तथा मन्त्रालयस्तरीय विकास समितिको बैठकलाई सम्बोधन गर्दै यस्तो निर्देशन निर्देशन दिनुभएको हो ।  हाल सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गत आम सञ्चार, सूचना प्रविधि, दूरसञ्चार, चलचित्र, मुद्रण र हुलाक सेवा गरी छ क्षेत्र तथा विभिन्न १८ वटा संस्थान र निकाय रहेका छन् । 
     
    आफूले प्रधानमन्त्रीसँग हरेक महिना मन्त्रालयको प्रगति विवरण रिपोर्ट कार्डको रुपमा पेश गर्ने कार्य सम्पादन सम्झौता गरिसकेको उल्लेख गर्दै मन्त्री शर्माले भन्नुभयो, ‘मेरो कार्य सम्पादन भनेकै तपाईँहरूका क्षेत्र, संस्थान र निकायहरूबाट हुने हो, त्यसैले मन्त्रालय मातहतका सबै क्षेत्र, संस्थान र निकायलाई हरेक महिनाको प्रगति विवरण रिपोर्ट कार्डको रुपमा पेश गर्न आग्रह गर्दछु ।’
     
    गत आर्थिक वर्षमा मन्त्रालयको पुँजीगत खर्च ६० प्रतिशत पुग्न नसकेकोप्रति प्रश्न गर्दै मन्त्री शर्माले आफैले बनाएका योजनाहरू किन कार्यान्वयन हुँदैनन् ? भनेर प्रश्न गर्नुभयो ।  मन्त्री शर्माले हरेक निकायले आफूले गरेका कामलाई दस्तावेजीकरण पनि निर्देशन दिनुभयो । 
     
    पहिले आम सञ्चार क्षेत्रका काम बढी हुने बेलामा सञ्चार मन्त्रालय सरकारको प्रचार मन्त्रालयको रुपमा मात्र रहने गरेको भए पनि अहिले सञ्चारभन्दा बढी सूचना प्रविधिको काम थपिएकाले अब काम गर्ने र प्रचार गर्ने दुवै दायित्व यो मन्त्रालयसँग रहेको पनि उहाँले स्पष्ट गर्नुभयो ।  अब सूचना प्रविधि नै नेपालमा सबैभन्दा धेरै राजश्व संकलन गर्ने क्षेत्र बन्ने उल्लेख गर्दै उहाँले यसका लागि पूर्वाधार र जनशक्ति विकासमा विशेष ध्यान दिनुपर्ने बेला आएको बताउनुभयो । 
    मन्त्री शर्माले कर्मचारीहरूलाई राजनीतिक नेतृत्वसँग खुलेरै छलफल गर्न र पाएको जिम्मेवारी कार्यान्वयन गर्न पनि आग्रह गर्नुभयो । 
     
    बैठकमा राष्ट्रिय योजना आयोगका सदस्य डा. अनिता शाह ढुंगानाले अनुगमन र मूल्यांकन प्रणालीलाई बलियो बनाउनुपर्नेमा जोड दिँदै सूचना प्रविधिलाई एप्लिकेशनभन्दा इकोसिष्टमको रुपमा विकास गर्ने गरी कार्यक्रम बनाउन मन्त्रालयलाई आग्रह गर्नुभयो । 
     
    मन्त्रालयका सचिव कृष्णबहादुर राउतले पुँजीगत खर्च बढाउन संस्थागत क्षमता विकासमा जोड दिनुभयो ।  पुँजीगत खर्च बढेसँगै सेवा प्रवाहले पनि गति लिने भएकाले विगतको अवस्थाबाट पाठ सिक्दै चालु आर्थिक वर्षमा पुँजीगत खर्च बढाउने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।
     


    आइतवार, श्रावण २८ २०८००५:४०:४७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij