Nov 10 2026 | २०८३, कार्तिक २५ गते

२०८३, कार्तिक २५ गते
  • यो साता चर्चामा :
images

बालुवाटारमा माओवादीको पदाधिकारी बैठक : यी मन्त्रीलाई फिर्ता बोलाइँदै

बालुवाटारमा माओवादीको पदाधिकारी बैठक : यी मन्त्रीलाई फिर्ता बोलाइँदै

  • आइतवार, श्रावण २८ २०८०

  • 858
    SHARES

  • बालुवाटारमा माओवादीको पदाधिकारी बैठक : यी मन्त्रीलाई फिर्ता बोलाइँदै

    काठमाडौं । नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक बालुवाटारमा बसेको छ ।

    मन्त्रिपरिषद् हेरफेरको विषयमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बैठक राख्नुभएको हो । बालुवाटारमा जारी बैठकमा पार्टी पदाधिकारी र माओवादीबाट मन्त्री बनेकाहरू पनि सहभागी भएको जनाइएको छ ।

    माओवादीले पर्यटनमन्त्री सुदन किराँती र संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीलाई फिर्ता बोलाउने तयारी गरेको छ। माओवादीबाट गरिने हेरफेरमा स्थायी कमिटी सदस्य हितबहादुर तामाङलाई ल्याउन लागिएको बुझिएको छ ।

    नुवाकोट १ बाट निर्वाचित तामाङ सिनियर नेतासमेत भएकाले उहाँलाई मन्त्री बनाउन प्रचण्डलाई पार्टीमा दबाब थियो । उहाँ २०६३ मा अन्तरिम व्यवस्थापिका संसद्को विधायका बन्नुभएको थियो। उहाँ युवा खेलकुदमन्त्री समेत हुनुभयो ।

    असार अन्तिम साता माओवादीको कोटामै जनमतलाई भित्र्याउने सत्तागठबन्धनमा सहमति भइसकेको छ । जनमत पार्टीले अनितादेवी साहको नाम २६ असारमै सिफारिस भइसकेको छ ।

     


    आइतवार, श्रावण २८ २०८००४:३१:२२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij