काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रधानमन्त्री र गृहमन्त्रीले प्रतिशोध साँध्न खोजेको आरोप लगाउनुभएको छ। पार्टीको जारी संसदीय दलको बैठकमा बोल्दै पार्टीका सांसद सुनिल शर्मालाई पक्राउको विषयलाई लिएर यस्तो आरोप लगाउनुभएको हो ।
हङकङबाट क्विन्टल सुन आइरहेको अवस्थामा गृहमन्त्रीले त्यहाँको अवस्थाबारे जानकारी लिन पत्र पठाएको या नपठाएको स्पष्ट पार्न माग गर्नुभयो ।
उहाले भन्नुभयो, ‘सुन बाहिरबाट ल्याएर नेपाललाई अखडा बनाइँदैछ । यहाँबाट टनका टन भारत गइरहेका छ । योभन्दा धेरै टनका टन सुन पहिला पनि गएको हुनसक्छ ।’
उहाँले सुन प्रकरणमा सत्यतथ्य छानबिन गर्नुपर्ने बताउनुभयो। कांग्रेसको जारी बैठकमा प्रधानमन्त्री र गृहमन्त्रीको चर्को आलोचना भइरहेको छ ।