Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

प्रधानमन्त्रीलाई राजीनामा दिन माग

प्रधानमन्त्रीलाई राजीनामा दिन माग

  • आइतवार, श्रावण २८ २०८०

  • 6.0K
    SHARES

  • प्रधानमन्त्रीलाई राजीनामा दिन माग

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजीनामा दिन प्रधानमन्त्री पुषपकमल दाहाल प्रचण्डलाई सुझाउनुभएको छ । गृह र अर्थमन्त्रीले त अहिलेसम्म राजीनामा नदिनु आश्चर्य भएको उहाँले बताउनुभयो ।

    एमालेले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा ओलीले सरकार भ्रष्ट र नालायक भएको बताउनुभयो। ‘यति अयोग्य, यति नालायक सरकारको यस्तो भ्रष्टाचारको चाङमा उभिएर म नेतृत्व गर्छु भन्न अठ्यारो हुनुपर्ने हो’ ओलीले प्रधानमन्त्री पुषपकमल दाहाल प्रचण्डलाई भन्नुभयो, ‘उहाँले आफैं राजीनामा गर्नु पर्ने हो ।’

    गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थन्त्री डा. प्रकाशशरण महतले राजीनामा नगर्नु त अनौठो र आश्चर्य भएको उहाँले बताउनुभयो ।

    २ साउनमा काठमाडौं सिनामंगलबाट बरामद सुनको विषयमा एमालेले उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै आएको छ । उसले गृहमन्त्री र अर्थमन्त्रीमाथि पनि आशंका रहेको भन्दै उच्चस्तरीय छानबिन समिति गठनको माग गरेको हो ।


    आइतवार, श्रावण २८ २०८००२:२०:५२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij