काठमाडौं। नेपाली कांग्रेसले ‘पोलिसी ह्याकाथन’ कार्यक्रम आयोजना गर्ने भएको छ।आज कांग्रेस केन्द्रीय कार्यालयले पत्रकार सम्मेलन गरी सो कार्यक्रमको आयोजना गर्न थालिएको जानकारी दिएको हो।
सो प्रतियोगितामा भाग लिनेहरुले गिग इकोनोमी र क्लाइमेट एक्सन (जलवायु कार्य) सम्बन्धी कार्यपत्र प्रस्तुत गर्नुपर्नेछ। त्यसका सहभागीहरुले विभिन्न मुद्दाहरुलार्य सम्बोधन गर्ने र नेपालमा गिग अर्थतन्त्रको लागि अगाडि बढ्ने तरिकाहरु सहितको नीतिगत अवधारण पेश गर्नुपर्ने कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ ।
कार्यालयले प्रतियोगितामा दुई चरण हुने जनाएको छ। त्यसका लागि भदौ ३ गते १ बजे आवेदन दिने मिति सकिनेछ। त्यस्तै भदौ ५ गते फाइनलका १० टोली छनोट गरि भदौ ९ गते कांग्रेस केन्द्रीय कार्यालयमा फाइनल कार्यक्रम हुने छ।
प्रथम विजेताले रु ३ लाख, दोश्रो हुनेले १ लाख ५० हजार र तेश्रो विजेताले ५० हजार रुपैयाँको पुरस्कारको व्यवस्था गरिएको छ ।