Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

कोशी प्रदेशको स्वास्थ्यमन्त्रीमा जसपाकी लिम्बू नियुक्त

कोशी प्रदेशको स्वास्थ्यमन्त्रीमा जसपाकी लिम्बू नियुक्त

  • शुक्रवार, श्रावण २६ २०८०

  • 355
    SHARES

  • कोशी प्रदेशको स्वास्थ्यमन्त्रीमा जसपाकी लिम्बू नियुक्त

    काठमाडौं। जनता समाजवादी पार्टी (जसपा)की कोशी प्रदेश सांसद निर्मला लिम्बू स्वास्थ्य मन्त्री नियुक्त हुनु भएको छ। मुख्यमन्त्री उद्धव थापाले मन्त्रिपरिषद् विस्तार गर्दै लिम्बुलाई आज मन्त्री नियुक्त गर्नु भएको हो । लिम्बूले आजै प्रदेश प्रमुख पर्शुराम खापुङबाट पद तथा गोपनीयताको शपथ लिएकी लिनु भएको छ ।

    कोशि प्रदेशमा जसपाकी एक्ली सांसद लिम्बु दोस्रोपटक प्रदेशको मन्त्री बन्नु भएको हो। यसअघि नेकपा (एमाले) प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्की नेतृत्वको सरकारमा पनि लिम्बु स्वास्थ्य मन्त्री नै हुनुहुन्थ्यो।

    प्रदेशको नाम कोसी राखेको विषयमा असहमति जनाउँदै कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन गत जेठ १७ गते फिर्ता लिँदै जसपाले उहाँलाई फिर्ता बोलाएको थियो। पुनः लिम्बू मन्त्री बनेपछि कोसी प्रदेशको मन्त्रिपरिषद् पाँच सदस्यीय भएको छ।

    प्रदेशमा यसअघि पूर्वसभामुख एवं माओवादी सांसद बाबुराम गौतमले आर्थिक मामिला तथा योजना, कांग्रेसका प्रदीप सुनुवारले खानेपानी, सिँचाई तथा उर्जा र एकीकृत समाजवादीका कमलप्रसाद जबेगूले भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी पाइसकेका छन्।

    प्रदेशको नाम कोसी खारेज गर्नुपर्ने र बहुपहिचानका आधारमा पुनः नामकरण गर्नुपर्ने अडानमा जसपा थियो। त्यही माग राखेर जसपा कार्की नेतृत्वको सरकारबाट फिर्ता भएको थियो। यतिबेला विभिन्न सहमती गरेर जसपा फेरी सरकारमा सहभागी भएको हो।


    शुक्रवार, श्रावण २६ २०८००५:२०:५५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij