Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

राज्यले सुनिल शर्मासँग नचाहिने कुरामा प्रतिशोध साँध्यो : चन्द्र भण्डारी

राज्यले सुनिल शर्मासँग नचाहिने कुरामा प्रतिशोध साँध्यो : चन्द्र भण्डारी

  • शुक्रवार, श्रावण २६ २०८०

  • 509
    SHARES

  • राज्यले सुनिल शर्मासँग नचाहिने कुरामा प्रतिशोध साँध्यो : चन्द्र भण्डारी

    काठमाडौं। नेपाली कांग्रेस सांसद डा. चन्द्र भण्डारीले नचाहिदो प्रतिशोधमा सुनिल शर्मालाई पक्राउ गरिएको आरोप लगाउनु भएको छ। आज सिंहदरबारमा पत्रकारसँग कुराकानी गर्दै सांसद भण्डारीले सरकारले नचाहिदो कुराको प्रतिशोधमा राज्यले आफ्नो समय खेर फालिरहेको बताउनु भएको हो।

    उहाँले जसको शक्ति उसको भक्तिको प्रयोग गर्ने हो भने नेपालमा शक्ति बाहेककाले हतियार उठायो भने नेपालको अवस्था के हुन्छ ? भन्दै प्रश्न गर्नुभयो।

    देशमा लुटपाट र भ्रष्टाचारका केसहरू बढ्दै जाँदा सरकारले त्यसतर्फ ध्यान दिन नसकेको उहाँको टिप्पणी छ। उहाँले भन्नुभयो,’देशमा समस्याहरू छन्। यतिधेरै लुटपाट छन्, यतिधेरै क्रप्सनहरू छन्, राज्यले नचाहिदा कुरामा प्रतिशोधमा राज्यले आफ्नो समय खेर फाल्ने होइन।’

    कसैलाई नपचेका कारण शर्मा पक्राउ परेको दाबी गर्दै भण्डारीले अदालतबाट सफाइ पाएका शर्मालाई थुन्नुको कुनै अर्थ नभएको जिकिर गर्नुभयो।

    ’जग्गा किनेवाफत फिर्ता गरेपछि उन्मुक्ति पाउने, मीनबहादुरले जग्गा फिर्ता गरेपछि किन उन्मक्ति नपाउने? सुनिल शर्माको केस अदालतले सफाइ दिएको छ। उनलाई थुन्नुपर्ने किन ? उहाँको प्रश्न थियो। नेता भण्डारीले शर्मालाई पक्राउ गरेर राज्यले दुःख मात्रै दिन खोजेको आरोप लगाउनु भयो ।


    शुक्रवार, श्रावण २६ २०८००४:५८:५८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij