काठमाडौं । नक्कली प्रमाणपत्र प्रकरणमा पक्राउ परेका नेपाली कांग्रेसका सांसद सुनिल शर्माले आफूमाथि प्रहरीले हातपात गरेको बताएका छन् । म्याद थपका लागि अदालतबाट बाहिरिने क्रममा सांसद शर्माले आफूमाथि प्रहरीले दुईपटक हातपात गरेको बताएका हुन् ।
उनले भने,’ममाथि प्रहरीले दुई पटक हातपात गरेको छ । हातपात गर्न मिल्ने हो ? यो कुरा ममाथि भएको छ ।’
सांसद शर्माले आफूमाथि हातपात भएको भनेपछि उनीनिकट कार्यकर्ता आक्रोशित भएर प्रहरीलाई प्रश्न गर्न अघि सरेका थिए । त्यसक्रममा सांसद शर्मालाई प्रहरीले घेरा हालेर भ्यानमा राखी लगेको थियो ।
सांसद शर्मामाथि हातपात भएको विषयमा आफूलाई थाहा नभएको र त्यस्तो हुन नसक्ने सिआइबी प्रमुख किरण बज्राचार्यले बताउनु भयो ।