Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

‘अन्य सबै प्रकरणका फाइल खोल्नुपर्छ, ललिता निवास प्रकरणमा बयान दिन तयार छु’ : बाबुराम भट्टराई

‘अन्य सबै प्रकरणका फाइल खोल्नुपर्छ, ललिता निवास प्रकरणमा बयान दिन तयार छु’ : बाबुराम भट्टराई

  • शुक्रवार, श्रावण २६ २०८०

  • 370
    SHARES

  • ‘अन्य सबै प्रकरणका फाइल खोल्नुपर्छ, ललिता निवास प्रकरणमा बयान दिन तयार छु’ : बाबुराम भट्टराई

    काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष डा.बाबुराम भट्टराईले संसदमा प्रमुख विपक्षी दल नेकपा एमालेले उच्चस्तरीय छानबिन समिति गठनको माग गर्नु उसको अधिकारको कुरा भएको बताउनु भएको छ। आज बुटवलमा आयोजित पत्रकार सम्मेलनमा पूर्वप्रधानमन्त्री भट्टराईले यस्तो बताउनु भएको हो ।

    उहाँले भ्रष्टाचारसम्बन्धी मुद्दाको छानबिनका लागि बलियो र निष्पक्ष आयोग गठन हुनुपर्ने बताउनुभएको छ। विगतका आयोगजस्तो नभई भ्रष्टाचारका सबै फाइल खोल्ने गरी उच्चस्तरीय आयोग गठनको आवश्यकता रहेकोमा उहाँले जोड दिनु भयो।

    भ्रष्टाचार निर्मूल पार्नका लागि व्यक्ति व्यक्तिलाई मात्रै कारबाही गरेर नहुने जनाउँदै संरचनागत ढङ्गले जानुपर्ने बताउनुभयो। उहाँले देशको प्रमुख कार्यकारी (प्रधानमन्त्री) माथि नै प्रश्न उठेको अवस्थामा उच्चस्तरीय र निष्पक्ष छानबिनका लागि आयोग गठन गर्नु आवश्यक रहेको बताउनुभयो।

    ललिता निवास प्रकरणमा सर्वोच्च अदालतले आफूमाथि पनि छानबिन गर्नुपर्ने आदेश दिएको विषयमा भट्टराईले आफू सहयोग गर्न तयार रहेको बताउनुभयो। ‘मेरो पालामा थोरै एउटा सानो निर्णय भएको रहेछ, त्यो मेरो व्यक्तिगत कुरा थिएन’, उहाँले भन्नुभयो, ‘म बयान दिन म तयार छु ।’

    पार्टीको प्रदेशस्तरीय प्रशिक्षण अभियान लिएर हिँडेका अध्यक्ष भट्टराईले संविधान जारीपछि माओवादी आन्दोलनको कार्यभार पूरा भएकाले आफू त्यसभन्दा पनि अघि बढेको बताउनुभयो। देशमा नयाँ र वैकल्पिक शक्तिको खाँचो औँल्याउँदै उहाँले त्यहीअनुसार नेसपा अघि बढेको दाबी गर्नुभयो।


    शुक्रवार, श्रावण २६ २०८००४:२७:४६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij