Aug 10 2026 | २०८३, श्रावण २५ गते

२०८३, श्रावण २५ गते
  • यो साता चर्चामा :
images

यस्तो सहमतीपछी निजी विद्यालय सञ्चालकहरुले फिर्ता लिए आन्दोलन..

यस्तो सहमतीपछी निजी विद्यालय सञ्चालकहरुले फिर्ता लिए आन्दोलन..

  • शुक्रवार, श्रावण २६ २०८०

  • 2.4K
    SHARES

  • यस्तो सहमतीपछी निजी विद्यालय सञ्चालकहरुले फिर्ता लिए आन्दोलन..

    काठमाडौं । निजी विद्यालय सञ्चालकहरुले जारी आन्दोलन फिर्ता लिएका छन् । आज सरकारसँग भएको छलफलमा सञ्चालकहरुले राखेको माग सम्बोधन हुने प्रतिवद्धता भएपछि आन्दोलन स्थगन गरेको प्याब्सनका अध्यक्ष डीके ढुंगानाले जानकारी दिनुभयो ।

    उहाँले भन्नुभयो,‘हामीले राखेको मागहरुको विषयमा सरकारले गम्भीरता पूर्वक लिएर सरोकारवालाहरुको विषय पनि सम्बोधन गर्ने र त्यसमा आवश्यक छलफल गर्ने भन्ने भएपछि आन्दोलन स्थगन गरेका हौ ।’

    निजी शैक्षिक संस्थाका प्याब्सन, एन प्याब्सन र हिसानले विद्यालय शिक्षा विधेयकमा पाँच वर्षभित्र निजी विद्यालय शैक्षिक गुठीमा रुपान्तरण र दायित्व फरफारकको विषयलाई लगायतको विषयप्रति असन्तुष्टि जनाउँदै आन्दोलन गरिरहेका थिए ।

    हाल कम्पनी ऐन अनुसार सञ्चालित विद्यालयहरुलाई ५ वर्षभित्र गुठीमा रुपान्तरण र दायित्व फरफारकको विषयलाई समावेश गरी विधेयक ल्याउँदा आफूहरु समस्यामा पर्ने भन्दै निजी शैक्षिक संस्था सञ्चालकहरुले सनिबारदेखि विद्यालय बन्द गर्ने घोषणा गरेका थिए ।


    शुक्रवार, श्रावण २६ २०८००४:१८:४६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij