Nov 10 2026 | २०८३, कार्तिक २५ गते

२०८३, कार्तिक २५ गते
  • यो साता चर्चामा :
images

राष्ट्रियसभाको बैठक आज बस्दै

राष्ट्रियसभाको बैठक आज बस्दै

  • शुक्रवार, श्रावण २६ २०८०

  • 212
    SHARES

  • राष्ट्रियसभाको बैठक आज बस्दै

    काठमाडौं । राष्ट्रियसभाको बैठक आज बस्दै छ । सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजेर १ मिनेटका लागि बैठक बोलाइएको छ ।

    आजको बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त कार्यभार तोकिएको र विधेयक प्रमाणीकरण सम्बन्धी पत्रहरूको ब्यहोरा पढेर सुनाउने तथा प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयबाट प्राप्त कार्यभार तोकिएको पत्र पढेर सुनाइने कार्यसूची तय भएको छ ।

    सङ्घीय संसद् सचिवालयले सार्वजनिक गरेको कार्यसूचीमा विधायन व्यवस्थापन समितिका सभापति जयन्तीकुमारी राईले संविधान अनुसार बन्न बाँकी कानुनहरूको अध्ययन प्रतिवेदन २०८० बैठकमा पेस गर्ने उल्लेख छ ।

    नेकपा एमालेले दुवै सङ्घीय संसद्मा अवरोध गर्दै आएकोले आजको बैठक कार्यसूची अनुसार सञ्चालन हुनेमा भने आशङ्का कायमै छ ।


    शुक्रवार, श्रावण २६ २०८०१०:२१:१७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij