काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अर्को महिना हुने चीन भ्रमणको बन्दोबस्ती गर्न नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङ चीन प्रस्थान गर्नु भएको छ । आज तिब्बत एयरलाइन्सको विमानबाट गुरुङ चीन प्रस्थान गर्नु भएको हो ।
माओवादी निकट स्रोतले दिएको जानकारीअनुसार महासचिव गुरुङले चिनमा रहेर अर्को महिना प्रधानमन्त्री प्रचण्डले गर्ने भ्रमणको चाँजोपाँजो मिलाउनु हुनेछ।
अर्को महिना अर्थात सेप्टेम्बरको तेस्रो साता प्रधानमन्त्री प्रचण्डले चीन भ्रमणमा जाने तयारी गरिरहनु भएको छ । तर प्रधानमन्त्री प्रचण्ड संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन न्युयोर्कसमेत जाने कार्यक्रम रहेको छ ।
सोही बेला चीन भ्रमणसमेत परेकाले व्यवस्थापनको चाँजोपाँजो मिलाउन महासचिव गुरुङ चीन गएको स्रोतको भनाइ छ।