काठमाडौं। काठमाडौँ महानगरपालिकाले बुढानीलकण्ठ र काठमाडौँ महानगरको सीमा साततले कपन क्षेत्रको खोलामाथि डोजर चलाएउन सुरु गरेपछी स्थानिय र काठमाडौं महानगरका प्रहरीबीच झडप भएको छ ।
स्थानीय वासिन्दासँग समन्वय नगरी कपनमा खहरे खोला खन्न गएको भन्दै स्थानीय स्थानियले विरोध गरेपछी झडप भएको हो । आज बिहिबार कपनमा खहरे खोला अतिक्रमण गरेर बनेका घर हटाउने भन्दै काठमाडौं महानगरपालिकाको डोजर पुगेपछि स्थानीय र महानगर प्रहरीबीच झडप भएको हो ।
काठमाडौं महानगरपालिका १० र बूढानीलकण्ठ नगरपालिका वडा नम्बर ७ को सिमानामा रहेको क्षेत्रमा खोला अतिक्रमण गरेर घर टहरा बनाइएको पाइएपछि भत्काउन खोजिएको महानगरले जनाएको छ ।