Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

काठमाडौं कपनको साततलेमा महानगरको डोजर, स्थानीयको अवरोधले विवाद

काठमाडौं कपनको साततलेमा महानगरको डोजर, स्थानीयको अवरोधले विवाद

  • बिहिवार, श्रावण २५ २०८०

  • 574
    SHARES

  • काठमाडौं कपनको साततलेमा महानगरको डोजर, स्थानीयको अवरोधले विवाद

    काठमाडौं। काठमाडौँ महानगरपालिकाले बुढानीलकण्ठ र काठमाडौँ महानगरको सीमा साततले कपन क्षेत्रको खोलामाथि डोजर चलाएको छ। महानगरले डोजर चलाउन थालेपछी स्थानियले अवरोध गर्दा विवाद भएको छ।

    खोलामाथि राखेको स्ल्याब हटाउन काठमाडौँ महानगरले डोजर चलाएपछि स्तानियले विवाद निम्त्याएका हुन्। बुढानीलकण्ठ क्षेत्रमा महानगरले डोजर चलाएपछि स्थानीयले विरोध गरेका मेयर मिठाराम अधिकारीले जानकारी दिनुभयो ।

    ‘महानगरले बुढानीलकण्ठ क्षेत्रको सात तलेमा डोजर चलाएपछि विवाद भएको हो। स्थानीयले डोजर चलाउन अवरोध गरेका हुन्, विवादपछि अहिले हामी छलफल गरिरहेका छौँ ।’ उहाँले भन्नु भयो।

    स्ल्याब हटाउन गएको महानगरको नगर प्रहरी र स्थानीयबीच झडप समेत भएको स्थानीयले बताएका छन् ।


    बिहिवार, श्रावण २५ २०८००२:१९:०७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij