Aug 10 2026 | २०८३, श्रावण २५ गते

२०८३, श्रावण २५ गते
  • यो साता चर्चामा :
images

देउवाले बोलाए आकस्मिक संसदीय दलको बैठक, यस्तो छ कार्यसुची..

देउवाले बोलाए आकस्मिक संसदीय दलको बैठक, यस्तो छ कार्यसुची..

  • बिहिवार, श्रावण २५ २०८०

  • 946
    SHARES

  • देउवाले बोलाए आकस्मिक संसदीय दलको बैठक, यस्तो छ कार्यसुची..

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसदीय दलको बैठक बोलाउनु भएको छ । अबको केहि बेरमा बस्ने गरि बैठक बोलाइएको छ ।

    बैठक संघीय संसद् भवन बानेश्वरस्थित ल्होत्से हलमा बस्ने गरी सूचना आएको सांसदहरुले जानकारि दिएका छन् ।यसअघि, देउवाले आज संसदीय दल कार्यसमितिको बैठक पनि बोलाउनु भएको छ । बैठक उनकै निवास धुम्बाराहीमा बस्ने गरी बोलाइएको हो ।

    संसदीय दल कार्यसमिति बैठकमा दलका नेता देउवासहित महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा तथा प्रमुख सचेतक रमेश लेखक र सचेतक सुशिला थिङ् उपस्थित रहने जानकारी दिइएको छ ।

    गएको साउन १० गते निरन्तर संसद् बैठकमा एमालेले अवरोध गरिरहेको छ । कांग्रेसले संसद्को गतिरोध अन्त्यको विषयमा छलफल हुने बताइएको छ ।

     


    बिहिवार, श्रावण २५ २०८००१:५३:२५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij