Nov 10 2026 | २०८३, कार्तिक २५ गते

२०८३, कार्तिक २५ गते
  • यो साता चर्चामा :
images

बूढानीलकण्ठ नगरपालिकाका जनप्रतिनिधिमाथि महानगर प्रहरीको दुर्व्यवहार

बूढानीलकण्ठ नगरपालिकाका जनप्रतिनिधिमाथि महानगर प्रहरीको दुर्व्यवहार

  • बिहिवार, श्रावण २५ २०८०

  • 926
    SHARES

  • बूढानीलकण्ठ नगरपालिकाका जनप्रतिनिधिमाथि महानगर प्रहरीको दुर्व्यवहार

    काठमाडौं । काठमाडौं महानगर प्रहरीले बूढानीलकण्ठ नगरपालिकाका जनप्रतिनिधिमाथि हातपात र दुर्व्यवहार गरेको विषयले दुईपक्षीय वार्ता प्रभावित भएको छ ।

    कपन प्रहरी चौकीमा बूढानीलकण्ठ नगरपालिकाका मेयर मीठाराम अधिकारीसहितको टोली र काठमाडौं महानगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष विमल होडासहितको टोलीबीच सात तलेको विवाद समाधान गर्न वार्ता भइरहेको छ ।

    बूढानीलकण्ठ र महानगरका बासिन्दाबीच दोहोरो झडपको अवस्था आएपछि प्रहरीले महानगरको डोजरको चाबी खोसेर वार्ताको पहल गरेको थियो । डोजरमा अवरोध गर्दा महानगर प्रहरीले बूढानीलकण्ठ नगरपालिका–१० का वडाध्यक्ष नवराज भट्टराई र वडा सदस्य रिता दाहालमाथि दुर्व्यवहार गरेका थिए ।

    यहि विषयले वार्तामा समेत तनाव उत्पन्न भएको छ । महानगरले क्षेत्राधिकार बाहिर बूढानीलकण्ठमा प्रवेश गरेर जनप्रतिनिधिमाथि दुव्यर्वहार र स्थानीयलाई आतंकित बनाएको उपमेयर अनिता लामाले बताउनुभयो ।

    यसैबीच, महानगर प्रहरीका प्रमुख राजुनाथ पाण्डेले बूढानीलकण्ठका जनप्रतिनिधिको मागको बारेमा आफूहरूलाई सरोकार नभएको बताउनुभयो। उहाँले खोला मासेर बनाएका संरचना हट्छन् भनेर उनीहरूले अवरोध गरेको आरोप लगाउनुभयो ।

     


    बिहिवार, श्रावण २५ २०८००१:३९:४७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij