Nov 10 2026 | २०८३, कार्तिक २५ गते

२०८३, कार्तिक २५ गते
  • यो साता चर्चामा :
images

देउवाले बोलाए संसदीय दलको कार्यसमिति बैठक

देउवाले बोलाए संसदीय दलको कार्यसमिति बैठक

  • बिहिवार, श्रावण २५ २०८०

  • 327
    SHARES

  • देउवाले बोलाए संसदीय दलको कार्यसमिति बैठक

    काठमाडौं । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले संसदीय दलको कार्यसमितिको बैठक बोलाउनुभएको छ। आज अपरान्ह ४ बजे देउवा निवास धुम्बाराहीमा दलको कार्यासमिति बैठक बस्न लागेको हो ।

    कांग्रेसको संसदीय दलको कार्यसमितिमा दलका नेता देउवासहित, दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा, प्रमुख सचेतक रमेश लेखक र सचेतकमा सुशीला थिङ छन् । देउवाले बैठकमा उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङलाई पनि बोलाउने गर्नुभएको छ ।

    संसदको गतिरोधका विषयमा छलफल हुने कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले बताउनुभयो। साउन १० यता सुनस्तरी प्रकणमा संसदीय छानविन समितिको माग गर्दै प्रमुख प्रतिपक्ष एमालेले संसद अवरुद्ध गर्दै आएको छ ।


    बिहिवार, श्रावण २५ २०८००१:३३:०१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij