काठमाडौं। प्रमुख प्रतिपक्ष दलका सचेतक महेश बर्तौलाले संसदमा प्रतिपक्षका विषय उठान गर्न नदिनका लागि सत्ता पक्षले संसदमा दादागिरी देखाएको बताउनुभएको छ। आज प्रतिनिधि सभाको बैठकपछि बाहिरिने क्रममा उहाँले यस्तो बताउनुभएको हो।
सचेतक बर्तौलाले बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसद सूर्यबहादर थापाले आफ्ना धारणा राख्दै गर्दा सत्तापक्षका सांसहरुले उठेर विरोध गर्नु दादागिरी भएको बताउनुभयो। उहाँले सत्तापक्षको दादागिरी देख्दा सरकार संसद चलाउन नचाहने स्पष्ट भएको बताउनुभयो।
सचेतक बर्तौलाले प्रतिपक्षले बोल्दै गर्दा सत्तापक्षका सांसदहरुले संसदीय मर्यादाबाहिर गएर बिरोध गरेको बताउनुभयो । सचेतक बर्तौलाले संसदलाई द्वन्द्वतर्फ लैजान सरकार तयारीका साथ अघि बढीरहेको अरोप लगाउनुभयो।