Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

एमालेकै अवरोधले आज पनि संसद बैठक स्थगित

एमालेकै अवरोधले आज पनि संसद बैठक स्थगित

  • बुधवार, श्रावण २४ २०८०

  • 402
    SHARES

  • एमालेकै अवरोधले आज पनि संसद बैठक स्थगित

    काठमाडौं। प्रमुख प्रतिपक्षी नेकपा एमालेको अवरोधपछि आज पनि प्रतिनिधि सभाको बैठक स्थगित भएको छ।सुन प्रकरण छानबिन गर्न उच्चस्तरीय समिति बनाउनुपर्ने माग गर्दै आजपनि एमालेका सांसदहरुले बैठक अवरुद्ध गरेका हुन्। उनीहरूले उच्चस्तरीय छानबिन समिति माग गर्दै नाराबाजी र वेल घेराउ गरेका थिए।

    सभामुख देवराज घिमिरेले कार्यसूचीअनुसार बैठक सञ्चालनमा सहयोग गर्न आग्रह गर्नुभएको थियो, तर एमाले सांसदहरूले नाराबाजी जारी राखेपछि उहाँले बैठक साउन २६ गते शुक्रबार दिउँसो १ बजेसम्मका स्थगित गर्नुभएको हो।

    एमालेले सुन प्रकरण छानबिन गर्न उच्चस्तरीय समिति बनाउनुपर्ने माग गर्दै लगातार संसद अवरोध गरिरहेको छ। हिजो गृहमन्त्री नारायणकाजी श्रेष्ठले पनि सांसदहरूले उठाएका प्रश्नमाथि प्रतिनिधि सभा बैठकमा जवाफ दिनुभएको थियो। गृहमन्त्रीको जवाफ चित्त बुझ्दो नभएको भन्दै एमालेले पुन संसद बैठक अवरुद्ध पारेको हो।


    बुधवार, श्रावण २४ २०८००१:५४:२३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij