काठमाडौँ। नेकपा माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले भ्रष्टाचारविरुद्धको अभियानमा सबै दलहरू मिलेर अघि बढ्नुपर्ने बताउनु भएको छ । जारी प्रतिनिधी सभाको बैठकमा बोल्दै पौडेलले वर्तमान सरकार नागरिकलाई सुशासनको प्रत्याभूति दिलाउन प्रयत्न गरिरहेको दावी गर्नुभयो ।
उहाँले संसद् अवरुद्ध हुँदा जनताका समस्या व्यक्त गर्ने ठाउँमा अवरोध पुगेको भन्दै पटक पटक एमालेले संसद अबरुद्ध गरेर के गर्न खोजेको भन्दै प्रश्न समेत गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘संसद् रोकियो भने जनताका समस्याहरू कहाँ गएर प्रकट गर्ने ? जनताका समस्यामा सरकारलाई जिम्मेवार कसरी बनाउने ?,’ उनले अघि भने, ‘प्रतिपक्षका साथीहरूले सदन रोक्नुभएकै हो । म सदन नरोकेर अघि बढ्नका लागि आग्रह गर्दछु ।’ यस्ते सांसद पौडेलले वर्तमान सरकारले सुन तस्करी रोक्नकै लागि गरेको प्रयासका कारण यो प्रकरण बाहिर आएको दाबी गर्नुभयो ।
‘योभन्दा पहिले पनि गृहमन्त्री हुनुहुन्थ्यो, त्यो बेला पनि सुन तस्करी भइरहेकै रहेछ । तर सुन तस्करी भइरहेको सूचना किन यही सरकारलाई मात्रै आयो ? यही सरकारले किन रोक्न सक्यो ? योभन्दा पहिले त्यस्तो खोजी भइरहेको थिएन ?,’ उहाँले प्रश्न गर्नुभयो ।