Aug 10 2026 | २०८३, श्रावण २५ गते

२०८३, श्रावण २५ गते
  • यो साता चर्चामा :
images

‘जहाज चढेका सचिवको कठालो समात्ने,माधव नेपाललाई विदेश जान दिने ?’:रवि लामिछाने

‘जहाज चढेका सचिवको कठालो समात्ने,माधव नेपाललाई विदेश जान दिने ?’:रवि लामिछाने

  • मंगलवार, श्रावण २३ २०८०

  • 1.2K
    SHARES

  • ‘जहाज चढेका सचिवको कठालो समात्ने,माधव नेपाललाई विदेश जान दिने ?’:रवि लामिछाने

    काठमाडौं, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले ललिता निवास प्रकरणमा सर्वोच्च अदालतले अनुसन्धान गर्न भनिएका पूर्व प्रधानमन्त्री माधव नेपाललाई विदेश भ्रमणमा जान छूट दिएकोमा आपत्ति जनाउनु भएको छ।

    आज जारी प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै सभापति लामिछानेले भन्नुभयो,‘जहाँजको सीटमा बसेका नेपाल सरकारका सचिवलाई कठालोमा समातेर पक्रन्छ,अदालतले अनुसन्धान गर्नु भनेको भोलिपल्ट पूर्वप्रधानमन्त्रीलाई विदेश भ्रमणमा जान छूट दिन्छ’ यो किन? उहाँले प्रश्न गर्नुभयो ।

    अदालतले छानबिन गर्नु भनेको भोलिपल्ट हिजो माधव नेपाल स्विजरल्याण्ड प्रस्थान गर्नु भएको थियो। लामिछानेले नेता नेपालमाथि छानबिनका लागि अदालतको आदेश नै आवस्यक नभएको टिप्पणीसमेत गर्नुभएको थियो ।


    मंगलवार, श्रावण २३ २०८००५:१६:११
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij