Aug 10 2026 | २०८३, श्रावण २५ गते

२०८३, श्रावण २५ गते
  • यो साता चर्चामा :
images

सुन प्रकरणमा छानबिन समिति खोज्ने एमालेले मदन भण्डारीको दुर्घटनामा किन खोजेन ?

सुन प्रकरणमा छानबिन समिति खोज्ने एमालेले मदन भण्डारीको दुर्घटनामा किन खोजेन ?

  • मंगलवार, श्रावण २३ २०८०

  • 1.7K
    SHARES

  • सुन प्रकरणमा छानबिन समिति खोज्ने एमालेले मदन भण्डारीको दुर्घटनामा किन खोजेन ?

    काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सुन प्रकरणमा छानबिन समिति खोज्ने एमालेले मदन भण्डारीको दुर्घटनामा समिति बनाउन किन चाहेन भन्दै प्रश्न उठाउनु भएको छ। जारी प्रतिनिधीसभाको बैठकमा शर्माले सुन प्रकरणमा छानबिन समिति खोज्ने हो भने मदन भण्डारीको दुर्घटना सम्बन्धी फाइल खोल्न पनि आवाज उठाउन सुझाउनु भयो।

    संविधान र कानुन बमोजिम बनेका संस्थाहरुलाई अविश्वास गर्न नहुने उहाँको धारणा छ । उहाँले एमालेतर्फ संकेत गर्दै भन्नुभयो,’आज भन्दा ३० वर्ष २ महिना २३ दिनअघि एउटा गम्भीर दुर्घटना भयो। म श्रद्धापूर्वक नाम लिन चाहन्छु मदन भण्डारीको निधन भयो। बाहिर बोल्दा साथीहरु कुरा उठाउनुहुन्छ। उच्चस्तरीय आयोग बनाउँदै गर्दा ती फाइल पल्टाउँ न त।’

    उहाँले कञ्चनपुरकी निर्मला बलात्कार कान्डका लागि त्यस्तो आयोग बनाउन पनि माग गर्नुभयो । तर, यो विषयमा राज्यका निकायहरुले काम गरिरहेको बताउँदै अविश्वास गर्न नहुनेसमेत बताउनु भयो।

    आफैंले सम्पत्ति सुद्धिकरण, राजश्व अनुसन्धान,दक्षिण एशियामै प्रसिद्धि हासिल गरेको सिआइबी र नेपाल प्रहरीमा विश्वास नगर्ने कुरा सही नभएको उहाँको भनाइ छ। उहाँले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले निरन्तर संसद अवरुद्ध गर्दा सांसदको बोल्ने हक कुन्ठित भएको उल्लेख गर्नु भयो ।


    मंगलवार, श्रावण २३ २०८००५:०४:५१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij