Nov 10 2026 | २०८३, कार्तिक २५ गते

२०८३, कार्तिक २५ गते
  • यो साता चर्चामा :
images

संसदमा १३ जनाले बोल्ने, गृहमन्त्रीले जवाफ दिने

संसदमा १३ जनाले बोल्ने, गृहमन्त्रीले जवाफ दिने

  • मंगलवार, श्रावण २३ २०८०

  • 661
    SHARES

  • संसदमा १३ जनाले बोल्ने, गृहमन्त्रीले जवाफ दिने

    काठमाडौं । संसदमा रहेका राजनीतिक दलहरुका बीचमा प्रतिनिधिसभा बैठक सञ्चालन गर्ने सहमति भएको छ ।

    सभामुख देवराज घिमिरेको पहलमा बसेको सबै दलका प्रमुख सचेतक र सचेतकहरुको छलफलमा सदनलाई नियमति रुपमा चलाउने सहमति भएको सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिनुभयो ।

    उहाँका अनुसार मंगलबार बस्ने प्रतिनिधि सभाको बैठकमा आकस्मिक समयमा सबै दलबाट एक÷एक जना र स्वतन्त्र सांसद गरी १३ जनाले बोल्नेछन् । त्यसपछि उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले जवाफ दिनुहुनेछ ।

    प्रमुख प्रतिपक्षी नेकपा एमालेले त्रिुभवन विमानस्थल भन्सार कार्यालयबाट बाहिरिएको एक क्विन्टल सुनका विषयमा अनुसन्धान गर्न उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै आएको छ ।

    त्रिभुवन विमानस्थलबाट भन्सार पास भएर भित्रिएको झण्डै एक सय किलो सुन राजश्व अनुसन्धान विभागले २ साउनमा सिनामंगलबाट बरामद गरेको थियो । यस प्रकरणमा विमानस्थल भित्रका सरकारी संरचना र सुरक्षा संयन्त्रमाथि प्रश्न उठाउँदै एमालेले छुट्टै छानबिन समितिको माग राखेर साउन १० गतेयता संघीय संसद चल्न दिएको थिएन ।


    मंगलवार, श्रावण २३ २०८००४:०२:१३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij