Aug 10 2026 | २०८३, श्रावण २५ गते

२०८३, श्रावण २५ गते
  • यो साता चर्चामा :
images

शिक्षा विधेयकविरुद्ध निजी विद्यालय सञ्चालकहरूद्वारा आन्दोलनको घोषणा

शिक्षा विधेयकविरुद्ध निजी विद्यालय सञ्चालकहरूद्वारा आन्दोलनको घोषणा

  • मंगलवार, श्रावण २३ २०८०

  • 814
    SHARES

  • शिक्षा विधेयकविरुद्ध निजी विद्यालय सञ्चालकहरूद्वारा आन्दोलनको घोषणा
    काठमाडौं । सरकारले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन गर्ने भएपछि निजी विद्यालयका सञ्चालकहरू आन्दोलनमा उत्रिएका छन् । काठमाडौंमा आज पत्रकार सम्मेलन गर्दै निजी विद्यालय सञ्चालकहरूले आन्दोलनको कार्यक्रम घोषणा गरेका हुन्।
     
    निजी विद्यालयका सञ्चालकहरूले सरकारले प्रस्ताव गरेको विधेयकमा विद्यालयहरूलाई शैक्षिक गुठीमा लैजानेबारे एकतर्फी निर्णय गरेकोले आन्दोलन गर्न बाध्य भएको बताएका छन् ।
     
    सरकारले निजी विद्यालयका सञ्चालकहरूलाई प्रोत्साहन हुने गरी ऐन संशोधन गर्नुपर्नेमा आवश्यक प्रावधानहरू नै तयार नगरी विधेयक दर्ता गरेको आरोप लगाएका छन् । उनीहरूले घोषणा गरेको आन्दोलनको कार्यक्रममा साउन २४ गते बुधबार पालिका, शिक्षा विकास तथा समन्वय एकाइ, प्रदेश मन्त्रालयलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम छ ।
     
    यस्तै, साउन २५ गते विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको मस्यौदाको विरोधमा अन्तरक्रिया गर्ने, २७ गते आन्दोलनको समीक्षा गर्ने कार्यक्रम छ । यस्तै, साउन २७ गतेदेखि अनिश्चितकालीन विद्यालय बन्द र भदौ १ गते विद्यालयका सवारीसाधनहरू सार्वजनिक स्थानमा पार्किङ गर्नेजस्ता कार्यक्रम रहेका छन् ।
     
    प्याब्सन अध्यक्ष डीके ढुङ्गानाले सरकारले सरोकारवालासँग छलफल नै नगरी विधेयक ल्याएका कारण आन्दोलनका कार्यक्रम सार्वजनिक गरिएको बताउनुभयो । नेशनल प्याब्सनका अध्यक्ष पाण्डव हमालले शिक्षा विधेयक सबैलाई समेट्ने गरी आउनुपर्ने बताउनुभयो ।
     


    मंगलवार, श्रावण २३ २०८००३:५७:१५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij