Aug 10 2026 | २०८३, श्रावण २५ गते

२०८३, श्रावण २५ गते
  • यो साता चर्चामा :
images

पृथ्वीराजमार्ग एकतर्फी रुपमा सञ्चालन

पृथ्वीराजमार्ग एकतर्फी रुपमा सञ्चालन

  • मंगलवार, श्रावण २३ २०८०

  • 759
    SHARES

  • पृथ्वीराजमार्ग एकतर्फी रुपमा सञ्चालन

    काठमाडौं। सडक भासिएर अवरूद्ध रहेको पृथ्वीराजमार्ग एकतर्फी रुपमा सञ्चालनमा आएको छ ।पृथ्वीराजमार्ग तनहुँको भ्याकुरे खोलामा अबरुद्ध भएको सडक लगातार ६/७ घण्टाको निरन्तर प्रयासपछि एकतर्फी रुपमा सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ।

    सडक भासिएका कारण अहिले साना सवारीका लागि एकतर्फी सुचारु भएको रोशी गाउपालिका अध्यक्ष दिनेश लामाले जानकारी दिनुभयो। उहाँकाअनुसार बिहान करिब ११ बजे राजमार्ग भासिएको हो । उहाँले भन्नुभयो, ‘अहिलेलाई साना सवारी साधन एकतर्फी चलेको छ। ठूला सवारी क्रस हुने अवस्था अझै छैन ।’

    पृथ्वी राजमार्ग विस्तारको क्रममा रहेको सो सडक अविरल वर्षाले भासिएको प्रहरीले जानकारी दिएको छ ।


    मंगलवार, श्रावण २३ २०८००३:४३:५४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij